भुल्केमा स्थलगगत रिपोर्टिङ्ग गरेका उदयपुरका एक पत्रकारमा संक्रमण


३ जेष्ठ २०७७, शनिबार
bhulke

उदयपुर, ३ जेठ । प्रदेश–१ मा एक जना पत्रकारलाई कोरोना सङ्क्रमण भएको छ । उनलाई आजै कोशी कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको छ ।

उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ । उदयपुर जिल्लाबाट करिब अढाइ वर्षदेखि काठमाडौंबाट प्रसारण हुने टेलभिजनमा कार्यरत पत्रकारलाई स्वाब परीक्षण गर्दा सङ्क्रमण देखिएको नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेलले जानकारी दिए ।

उदयपुरको भुल्केमा केही दिन पहिले देखिएको कोरोना सङ्क्रमितको समाचार सङ्कलन गर्न उनी स्थलगत रिपोर्टिङ गरेका थिए । उदयपुरमा २६ जना पत्रकारको स्वाब परीक्षण गरिएको छ भने आजदेखि मोरङ र झापाका पत्रकारको पनि स्वाब परीक्षण हुने अध्यक्ष लुइँटेलले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७