पेट्रोलियम पदार्थको मूल्य यथावत


३ जेष्ठ २०७७, शनिबार
petrol oil pump 596dbdac1685a6.78756324

काठमाडौं, ३ जेठ । नेपाल आयल निगमले इन्धनको खपत अत्यन्त न्यून रहेको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको जनाएको छ ।

पछिल्लो पटक भारतीय आयल कर्पोरेशन (आइओसी) बाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ५६ पैसा बढेर आएको भए पनि कोभिड–१९ को विषम परिस्थितिका कारण तत्काललाई मूल्य समायोजन नगरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजलमा प्रतिलितर २८ पैसा घटेर आएको छ । आइओसीले हरेक १५र१५ दिनमा पठाउने नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । कोभिड–१९ को जोखिमmलाई मध्यनजर गर्दै सरकारले झण्डै ५५ दिनदेखि लकडाउन गरेसँगै नेपालमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै घटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७