दलीय ध्रुवीकरणले ब्युरोक्रेसी उत्साहित !


२० आश्विन २०७४, शुक्रबार
Rajendra kishor chhetri

काठमाडौं : दलीय ध्रुवीकरणले राजनीति र प्रशासनमा स्थिरता आउन सक्ने भन्दै प्रशासनिक क्षेत्र पनि उत्साहित र तरंगित बनेको छ ।आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Rajendra kishor chhetri

प्रशासनिक क्षेत्र (ब्युरोक्रेसी) लाई स्थायी सरकारका रुपमा लिइन्छ । राजनीतिक र प्रशासनिक नेतृत्व एकअर्काका परिपूरक पनि हुन् । राजनीतिक स्थिरता हुन सके व्युरोक्रेसीले कुशलतापूर्वक काम गर्न सक्ने र राजनीतिक नेतृत्व पनि सफल हुने प्रशासकहरुको विश्वास छ ।

ठूला राजनीतिक परिवर्तन भए पनि अस्थिरताका कारण सरकार र व्युरोक्रेसी दुवै ‘निकम्मा’ देखिएका छन् । अहिले देखिएको दुई राजनीतिक धारतका कारण स्थिरता कायम हुन सक्ने भन्दै प्रशासनिक क्षेत्र उत्साहित बनेको उनीहरुले बताएका छन् ।

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले राजनीतिक ध्रुवीकरणका बारेमा व्युरोक्रेसीले कुनै धारणा नबनाए पनि रुचिपूर्ण रुपमा हेरिरहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७