अमेरिकन आइडलको ‘फस्ट रनर अप’ बन्न सफल दिवेशको यस्तो छ सांगीतिक ‘संघर्ष’


५ जेष्ठ २०७७, सोमबार
dibesh

काठमाडौं, ५ जेठ । दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बन्नेका छन् । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औं संस्करणको फस्ट रनर अप बनेका हुन् ।

छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिंदै पोखरेल फाइनलमा पुगेका थिए । अमेरिकन आइडलमा आर्थर गनको नामबाट सहभागी पोखरेलले आइडलको छनोट चरणदेखि नै निर्णायकको मत जित्दै आएका थिए ।

मतमार्फत अघि बढ्ने चरणमा समेत उनले उत्साहप्रद मत प्राप्त गरेका थिए । उनको आइडलको सहभागितासँगै अमेरिकामा रहेको नेपाली समुदायमा आइडलप्रतिको चासो ह्वात्तै बढेको थियो । विश्वभर छरिएको नेपाली समुदायबाट उनलाई मत प्राप्त भएको थियो । त्यसका निम्ति पोखरेलले सबैमा आभार समेत व्यक्त गरेका छन् ।

गत सेप्टेम्बरमा दिवेश आइडलका लागि छनोट भएका थिए । फ्रेन्च कवि आर्थर रिमबाउडबाट प्रभावित भएर आफ्नो स्टेज वा साङ्गीतिक नाम आर्थर गन राखेको बताउने दिवेश ६ वर्षअघि अमेरिका आएका हुन् । काठमाडौंमा जन्मिएका दिवेशले अमेरिका आउनुअघि पनि नेपाली सङ्गीतिक कोसेली एलबम ‘ग्रहण’ सार्वजनिक गरेका थिए ।

दिवेश फस्ट रनर अप भएको एबिसी टेलिभिजनले सञ्चालन गर्ने आइडलको उपाधि भने २१ वर्षीया जष्ट सामले जितेकी छिन् । उपाधि विजेता जष्ट लाइबेरियाली मूलकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७