डा. केसी तेह्रौँ अनशनमा, यी हुन चार माग


२० आश्विन २०७४, शुक्रबार
Dr Gobinda KC

काठमाडौै : चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा।डा। गोविन्द केसीले १३औँ पटक अनशन सुरु गरेका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा चरम व्यवसायीकरण भएको र चिकित्सा शिक्षा विधेयक आफूले भनेको भन्दा बिगारेर ल्याउन लागेको भन्दै उनी बिहीबारदेखि अनशन बसेका हुन् ।

गत ९ असोजमा संसद्को बैठकबाट चिकित्सा शिक्षा विधेयक पास हुने हल्ला सुनेपछि केसीले सोही दिन बाह्रौँ अनशन थालेका थिए । तर, त्यस दिनको संसद् बैठकमा विधेयक पास भएन । दसैँको मुखमा परेकाले तीन दिन बसेर उनले अनशन स्थगित गरेको थिए । ‘यस अवधिमा पनि नेताहरूले विधेयकलाई छलफलमा नल्याई पास गराउने खेल खेलेकाले त्यसलाई रोक्न तेह्रौँ अनशन सुरु गरेको हुँ,’ बिहीबार शिक्षण अस्पताल महाराजगन्जमा आयोजित पत्रकार सम्मेलनमा डा। केसीले भने । उनले कुनै पनि हालतमा माफियामुखी चिकित्सा शिक्षा विधेयक ल्याउन नदिने बताए ।

Dr Gobinda KC

चिकित्सा शिक्षा विधेयक तोडमोड गरियो

डा. केसीले नेताको कुनै विश्वास नभएको भन्दै जनताको साथ मागेका छन् । ‘लुटेरा नेताहरूले जनतामुखी काम गरेनन्, कालोधनलाई सेतो बनाउने मात्रै काम गरे । यसलाई रोक्न मलाई जनताको साथ चाहिएको छ,’ उनले भने । संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर माफियामुखी ऐन ल्याउने अन्तिम खेललाई कुनै हालतमा सफल हुने नदिने उनले बताए । आफ्ना माग पूर्ण रूपमा सम्बोधन नभएसम्म अनशन जारी राख्ने उनले बताए । माफियामुखी ऐन ल्याउन तीन दलबीच ठूलो साँठगाँठ भइरहेको केसीको दाबी छ ।

यस्ता छन् डा. केसीका चार माग
१. माथेमा प्रतिवेदन तथा हाम्रा सुझाबअनुरूप परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने ।

२. एमबिबिएसका लागि सरकारले तोकेको भन्दा दशौँ लाख बढी शुल्क अवैध रूपमा निर्धारण गर्ने काठमाडौं विश्वविद्यालयको निर्णय तत्काल खारेज गरी सरकारले तोकेबमोजिम एमबिबिएसका लागि ३८ लाख ५० हजार ९काठमाडौं उपत्यकाभित्र०, ४२ लाख ४५ हजार ९उपत्यकाबाहिर० तथा बिडिएसका लागि १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ कायम गर्नुपर्ने ।

३. बर्खास्त गरिएका आयल निगमका प्रमुखमाथि छानबिन गरेर उनले हिनामिना गरेको अर्बौँ रुपैयाँ असुलउपर गर्दै कारबाही गर्नुपर्ने ।

४. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन–अध्यापन सुरु गर्ने गरी बजेट तथा अन्य व्यवस्था गर्नुपर्ने । कैलाली र दाङका सरकारी मेडिकल कलेजको काम शीघ्र अघि बढाउनुपर्ने । डोटी–डडेल्धुरा, धनुषा–महोत्तरी, उदयपुर, पाँचथर–तेह्रथुम आदि ठाउँमा तत्काल सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने खबर नयाँ पत्रिका दैनिकमा छ ।

केसी बुझ्दै नबुझी अनशन बसे : झा

संसद्को महिला, बालबालिका, समाजकल्याण समिति सभापति रञ्जुकुमारी झाले संसद्मा पेस भएको चिकित्सा शिक्षा विधेयकमा कुनै तोडमोड नभएको दाबी गरिन् । डा। केसीले कुरै नबुझी अनशन बसेको उनको आरोप छ । ‘मूल विधेयक र संशोधन विधेयक जुधाएर हेर्नुस्, कहाँ परिवर्तन भएको छ रु’ उनले भनिन्, ‘यो विधेयक पास नभए केसीका माग पूरा हुँदैनन् । त्यसै तोडमोड गरेर विधेयक पास गराउन लागे भन्नुभएको छ, जस्तो विधेयक बनाए पनि पास हुन नदिने अभियानमा उहाँ नै लाग्नुभएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७