मोडल प्रमिला न्यौपाने भन्छिन्, ‘सेक्स प्रस्ताव स्वीकार नगर्दा मलाई बोलाइएन’


७ माघ २०७४, आईतवार
pramila

काठमाण्डौं, ७ माघ :  मलेशियामा चाइनिज नयाँ वर्षको अवसरमा आयोजना हुन लागेको युनिक धमाका–७ साँस्कृतिक कार्यक्रम ‘सेक्स’ विवादमा परेको छ । कार्यक्रममा सहभागी हुने भनिएकी मोडल प्रमिला न्यौपानेले आफूलाई आयोजकले ‘सेक्स अफर’ गरेको भन्दै सार्वजनिक सञ्जालमा स्टाटस लेखेपछि युनिक धमाकाले कार्यक्रम चाँजोपाँजो मिलाउने क्रममै धमाका मच्चाएको हो । मोडल प्रमिला न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमै आफूलाई आयोजकले सेक्स प्रस्ताव राखेको भनेर स्ट्याटस नै पोष्ट गरेपछि आयोजक र न्यौपानेको फरक–फरक दोहोरी चल्न थालेको छ ।

pramila

मोडल न्यौपाने भन्छिन्– ‘मलाई कार्यक्रममा लैजाने ‘फिक्स’ भईसकेको थियो । ब्यानरमा पनि मेरोलगायत अन्य कलाकारहरुको फोटो राखेर प्रिन्ट गरियो । तर, सेक्स प्रस्ताव राखेपछि मैले अस्विकार गरें । अनि आयोजकले ब्यानर पनि चेञ्ज गर्नु भएछ ।’ उनले फेसबुक स्टाटसमा लेखेकी छन्–‘युनिक धमाका–७ का आयोजकमध्ये एक जनाले सेक्स प्रस्ताव राख्नु भएको थियो । उहाँको प्रस्ताव स्वीकार नगर्दा पोष्ट नै राता–रात चेञ्ज गर्नुभएछ, आयोजक टिमलाई धन्यवाद । यस्तो प्रोगाममा जानुभन्दा नजानै बेस ।’

p

उनले २ घण्टाअघि अर्को फेसबुक स्ट्याटस पोष्ट गरेकी छिन् । आयोजक टिमले मेरो प्रश्नको उत्तर दिनुन्, सक्नु हुन्छ भनेर उनले प्रश्न गरेकी छिन् । आयोजक टिमले आफूलाई अदालतको धम्की दिएको भन्दै आफू पनि अदालत गएर उभिने बताएकी छिन् । ‘साँचो बोल्दा नराम्रो लाग्यो हजुरहरुलाई, अदालतको धम्की नदिनु म नि मेरो मानहानीको आरोपमा अदालत जान सक्छु । तपाईंहरुले चेञ्ज गरेको तस्बिर र ब्यानरले प्रमाण दिएको छ ।’–स्टाटसमा भनिएको छ ।

(न्यौपानेले पोष्ट गरेको फेसबुक स्टाटस)

 

p1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७