उपत्यकामा पाँचसहित थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४०७ पुग्यो
काठमाडौं, ६ जेठ : काठमाडौं उपत्यका सहित मंगलबार ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या ४ सय ७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार धनकुटामा थप ५ जना संक्रमित थपिएका छन् । धनकुटा जिल्ला अस्पतालका पाँच संक्रमितमध्ये एक जना प्रहरी, एक जना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र अर्का एक जना नर्सका श्रीमान हुन्।
यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकरएक जना, सर्लाहीका २ जना, मकवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।
.gif)

.png)

