प्रिमियर लिग फुटबलका ६ जना खेलाडी र कर्मचारीलाई कोरोना


७ जेष्ठ २०७७, बुधबार
spPWYmdlY2wEZIRdJ6F9

काठमाडौं, ७ जेठ । इङ्लिस प्रिमियर लिग फुटबलका ६ जना खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

पहिलो चरणमा तीन क्लबका खेलाडीमा कोरोनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको प्रिमियर लिगले जनाएको छ । प्रिमियर लिगले क्लबको प्रशिक्षण सुचालु गर्नुअघि खेलाडीसहित अन्य कर्मचारी गरी ७४८ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना देखिएको हो ।

त्यसमध्ये वाट्फोर्डका एक खेलाडी र दुई कर्मचारी तथा बर्नलीका सहायक प्रशिक्षक ड्यान वोइन रहेका छन् । अरु दुई जना अर्को क्लबका खेलाडी रहेपनि उनीहरुको नाम भने खुलाइएको छैन । कोरोना पोजेटिभ देखिएका खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा रहेको बताइएको छ ।

प्रिमियर लिगले हिजोबाट क्लबलाई प्रशिक्षणको अनुमति दिएको छ । कोरोनाको कारण गत मार्चबाट प्रिमियर लिग स्थगित गरिएको छ । तर, प्रिमियर लिग जुनबाट सुचालु गर्ने तयारी गरिएको छ ।

प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ । यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७