सरकारले कृषि गर्दैन भन्ने मान्यताले कृषिको जिम्मा बजारलाई दिएर झनै कमजोर भयौंः मन्त्री भूसाल


प्रकाशित मिति : May 20, 2020


काठमाडौं, ७ जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले संघीयता संविधान अनुसार कृषि क्षेत्रको पनि पुनसंरचना गर्ने बेला आएको बताएका छन् ।

राष्ट्रियसभामा बिऊबिजन दोस्रो संशोधनविधेयक–२०७५ माथि जवाफ दिदैं मन्त्री भूसालले कृषि क्षेत्र बजारलाई छोडिदिंदा झनै कमजोर भएको बताएको हो । ‘हिजो राजाको समयमा अर्कै व्यवस्था अपनाइयो । प्रजातन्त्रपछि सरकारले कृषि गर्दैन भन्ने मान्यताले यो क्षेत्र बजारलाई छोडिदिऔं । जसलाई फर्केर हेर्दा यो क्षेत्र धेरै नराम्रोगरी खल्बलियो’, मन्त्री भूसालले भने ।

तर, कृषि क्षेत्रको सुधार गर्ने उपयुक्त समय आएको उनले बताए । मन्त्री भूसालले भने, “अहिले एउटा अवसर आएको छ । कृषिको पुनसंरचनाभन्ने गरेको छु । यो अवसर र दायित्वपनिहो ।” संविधानमा संघीयता र समाजवादउल्लेख भएकाले त्यसैअनुसार, कृषि क्षेत्रको पनिपुनसंरचनाखाँचो रहेको मन्त्री भूसालले बताए ।

यस्तै उनले अब प्रदेश र स्थानीय सरकारले नै रैथाने बिऊबालीको सूचीकरण गर्न सक्ने बताए । “विधेयकमाथप छलफल गर्न सकिन्छ । हामीले संघबाट नियम गर्ने अनि प्रदेश र स्थानीय सरकारले लागू गर्ने मर्म अनुसार, विधेयक ल्याएका छौं”, मन्त्री भूसालले भने ।


सरकारले अगाडि बढाएको कानूनी व्यवस्थाले कमजोर मुलुकको कृषि व्यवस्था उकास्ने प्रयत्न गरेको उनले बताए । अहिले नेपालमा सूचीकृत भएको बिऊबालीका हिसाबले नेपालकमजोर अवस्थामा रहेको समेत मन्त्री भूसालले बताए ।


राष्ट्रियसभाबाट बिऊबिजन दोस्रो संशोधन प्रस्ताव–२०७५ विधेयकमाथिबिचार गरियोस् प्रस्तावपारित भएको छ भने विरुवा संरक्षण पहिलो संशोधनविधेयक–२०७५ माथिविचार गरियोस् भन्ने प्रस्ताव पनि पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्