बढ्यो नेपालको क्षेत्रफल, अब कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर {भिडियाे


७ जेष्ठ २०७७, बुधबार
nepal map published 1
sf7df8f}F & h]7 M e”ld Joj:yf, ;xsf/L tyf ul/aL lgjf/0fdGqL kbdfs’df/L cof{nn] a’waf/ l;+xb/af/l:yt dGqfnodf g]kfnsf] -/fhgLlts / k|zf;lgs_ gS;f ;fj{hlgs ub}{ . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं, ७ जेठ । नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको छ ।

सरकारले नेपालको नयाँ राजनीति तथा प्रशासनिक नक्सा सार्वजनिक प्रकाशन गरेसँगै नेपालको क्षेत्रफल बढेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो सिंहदरबारस्थीत मन्त्रालयबाट कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरिन् । भारतद्धारा अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गलिोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ ।


नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक कामकारबाहीसमेत अगाडि बढाइएको मन्त्रालयले मन्त्री अर्यालले बताए ।


कालीनदी र सो भन्दा पूर्वको भाग नेपाल भएको भएपछि यसअघिको नक्सामा सो भूभाग नसमेटिएकाले नयाँ नक्सामा नेपालको सवै भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरिएको उहाले बताइन । उनले नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरिन ।

मंगलबार संघीय संसद्का दुवै सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेका भूमि फिर्ता ल्याएरै छाड्ने बताएको थियो ।


सोमबारको मन्त्रिपरिषद् बैठकले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७