एमालेको ‘म्यान अफ द म्याच’ राजेन्द्र राई धनकुटाबाट सर्वसम्मत उम्मेदवार


२० आश्विन २०७४, शुक्रबार

धनकुटा : नेकपा (एमाले) धनकुटाका अध्यक्ष राजेन्द्र राईलाई एमालेले प्रतिनिधिसभा निर्वाचनको लागि सर्वसम्मत उम्मेदवार बनाएको छ । नेकपा (एमाले) जिल्ला कमिटिको बैठकले अध्यक्ष राईलाई सर्बसम्मत उम्मेदवार बनाएको हो । अध्यक्ष राईको नेतृत्वमा स्थानीय तह निर्वाचनमा एमालेले धनकुटामा अन्य दललाई क्लि स्वीप गरेको थियो । २४ असार २०७४ मा धनकुटामा आयोजित विजय सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरे, ‘स्थानीय तह निर्वाचन २०७४ मा एमालेको ‘म्यान अफ म्याच’ घोषणा गरेका थिए ।

Rajendra Rai11

धनकुटामा एमालेको जित सुनिश्चित रहेकोले अध्यक्ष राई धनकुटाको जनप्रतिनिधिको रुपमा पक्का जस्तै भएको नेता अर्जुन राईले बताए ।  स्थानीय तह निर्वाचन २०७४ को निर्वाचनमा बिरोधीहरूलाई धनकुटामा क्लिन स्विप गर्दै एमालेको लालकिल्ला बनाए बापत अध्यक्ष राईलाई गरिएको एउटा सम्मान थियो । तीन नगरपालिकासहित सबै सात स्थानीय तह जितेर एमालेले धनकुटा जिल्लामा क्लिन स्विप गरेको छ । धनकुटा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा राप्रपाका महामन्त्री तथा पूर्वमन्त्री सुनिल थापा र संघीय समाजवादी फोरमका उपाध्यक्ष पूर्वमन्त्री रकम चेम्जोङको गृह जिल्ला हो ।

धनकुटामा एमालेविरुद्ध त्रिपक्षीय गठबन्धन बनेको थियो । त्रिपक्षीय गठबन्धनलाई पराजित गर्दै एमालेले धनकुटालाई लालकिल्ला बनाएपछि एमाले धनकुटा र अध्यक्ष राई अहिले चर्चामा छन् । स्थानीय तह निर्वाचनमा क्लिन स्विप भएको जिल्ला धनकुटा मात्रै हो । धनकुटा जिल्लामा २०७० सालको दोस्रो संविधानसभाको चुनावमा एउटा क्षेत्र एमालेका टीकाराम चेम्जोङ र अर्कोमा राप्रपाका सुनिलबहादुर थापाले जितेका थिए । संविधानसभाको पहिलो निर्वाचनमा भने दुवै क्षेत्र नेकपा (माओवादी) ले जितेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७