नेपालको भूमि फिर्ता ल्याउन सिंगो राष्ट्र एकढिक्का हुनुपर्छ : नारायणकाजी श्रेष्ठ


२०७७ जेठ ८ बिहीबार २३:५६ बजे

काठमाडौं, ८ जेठ । सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको भूमि फिर्ता ल्याउन सिंगो राष्ट्र एकढिक्का हुनुपर्ने बताएका छन् ।

https://youtu.be/o73RnchvR-M

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा श्रेष्ठले इतिहासमा के भयो भन्ने बहस गर्नुभन्दा पनि नेपालको भूमि फिर्ता ल्याउन सिंगो राष्ट्र एकढिक्का हुनुपर्ने बताएको हो ।

उनले अहिले नेपालका नेतृत्वहरु पनि गम्भीर भएर भूमि फिर्ताका लागि लाग्नुपर्ने जिकिर गरे । राजनीतिक परिवर्तनहरुलाई सुदृढ गर्न पनि अहिले राजनीतिक कर्मीहरु त्यागको भावनामा अघि बढ्नुपर्ने उनको भनाई छ ।

फरक प्रसंगमा उनले विदेशमा अप्ठेरो स्थितिमा रहेकाहरुलाई भने तत्काल फर्काउन सरकारले पहल गर्नुपर्ने बताए ।

बैठकमा समिति सदस्यहरुले अहिलेको संकटका बेला नेपालमा रहेका सांसद लगाएत तलवी अधिकृत कर्मचारीहरुको २५ प्रतिशत तलव घटाउनुपर्ने सुझाव दिएका थिए । त्यस्तै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरा बढाउनुपर्नेमा पनि उनीहरुले जोड दिएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७