अमेरिकामा फेरि नेपालीको हत्या


८ माघ २०७४, सोमबार
manish pandey

लुटेराको गोली लागेर अमेरिकामा नेपालीको मृत्यु

टेक्सास : टेक्सासको डालासस्थित गारल्याण्डमा रहेको एक ग्याँस स्टेशनमा लुट्न आएका बन्दुकधारीको गोली लागि एक नेपालीको मृत्यु भएको छ । ब्रोडवे एभेन्यूमा रहेको एक्जोन ग्याँस स्टेशनमा शनिबार राति भएको लुटपाटमा त्यहाँ कार्यरत गोरखाका ३५ वर्षीय मनिष पाण्डेको मृत्यु भएको हो।

टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् । सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा आएका लुटेराले मास्क लगाएर स्टोरमा प्रवेश गरेका थिए । उक्त ग्याँस स्टेशनका मालिक मृतकका आफन्त कृष्ण पन्त पनि नेपाली नै हुन् । ग्याँस स्टेशनमा कार्यरत मृतक पाण्डेकी श्रीमती केही समय अघि मात्रै नेपालबाट आएको बताइएको छ। पन्तले उक्त ग्याँस स्टेशन सन् २०११ देखि सञ्चालन गर्दै आएका थिए। मृतककी पत्नी गर्भवती छिन्।

manish pandey

प्रहरीले लुटेरा समूहको खोजी कार्य जारी रहेको बताएको छ । उनी केही समयअगाडि नेपालबाट आएका थिए । दुई वर्षअगाडि टेक्सासमा नै समिरा शिवाकोटीको लुटेरा समूहले गोली हानी हत्या गरेका थिए ।

स्थानीय गारल्याण्ड प्रहरीलाई उधृत गर्दै स्थानीय सिबिएस डिएफडब्लु अनलाइनले जनाए अनुसार शनिबार मध्यरातमा दुई व्यक्तिहरू पसेर लुट्न खोजेपछि प्रतिरक्षाको क्रममा लुटेराको गोली लागि पाण्डेकोे मृत्यु भएको हो। स्थानीय प्रहरीले सिसि टिभीमा राखेको भिडियोमा देखिए अनुसार दुबै लुटेरा कालो वर्णका छन्। राति स्टोर बन्द गर्ने तयारी गरिरहेको बेला साँढे ११ बजे उक्त घटना भएको हो ।

पछिल्लो समय ग्याँस स्टेसन तथा स्टोरहरूमा जोखिम बढ्दै गएको छ । लुटपाटको क्रममा लुटेराहरूसँग वादविवाद र भीडन्त नगर्न जानकारहरूको सुझाएका छन । अमेरिकामा प्रत्येक वर्ष ग्यास स्टेसनमा यसरी लुट्ने र प्रतिकारमा गोली लागि ठूलो संख्यामा मानिसहरूको मृत्यु हुने गरेको छ । ग्याँस स्टेशनमा कार्यरत रहेकै अवस्थामा दुई वर्ष अघि टेक्ससकै डेन्टनमा नेपाली समिरा शिवाकोटीको हत्या भएको थियो । यसरी ग्यास स्टेशनमा हत्या हुने नेपालीको संख्या दिनानुदिन बढ्दो छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७