२०७७ जेठ १० गते शनिबारको तपाईको राशिफल


प्रकाशित मिति : 23 May, 2020 6:04 am

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । सहयोग गर्ने र आश्वासन बाढ्नेहरु धेरै भेटिने छन् । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मन खिन्न हुने स्थिति आउने छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मालसामान हराउन सक्छ, होशियार रहनु पर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक जीवन सन्तोषप्रद रहने छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । समाजमा प्रभाव पार्न सकिने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्ने छ । प्राविधिक कार्यमा सफलता मिल्ने छ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
महत्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । उपहार पाइने सम्भावना छ । प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अतिथिको रूपमा सत्कार पाइएला । कृषि क्षेत्रबाट सफलता मिल्ने छ । सुखद् मिलनको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज शुभकार्यको चर्चा चल्ने छ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सल्लाह, सहयोग र हौसला पाइने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज घर परिवारसँग समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीको समझना आउने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज मनपर्ने खनेकुरा पाइने छ । बढी मिहनेतले बढी फाईदा मिल्ने छ । प्रेमीको सहयोग पाइने छ । साँझम भने खर्च बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धार्मिक कार्य र मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै हुने देखिन्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्