सहुलियत दिन निजी विद्यालयको माग


१० जेष्ठ २०७७, शनिबार
school 1

काठमाडौं, १० जेठ । लकडाउनका कारण शैक्षिक वातावरण प्रभावित भएको जनाउँदै निजी विद्यालयले सरकारसँग आगामी वर्षको बजेटमार्फत सहुलियत उपलब्ध गराउन माग गरेका छन् ।

प्याब्सन र नेसनल प्याब्सनले शुक्रबार विज्ञप्ति जारी गरेर विद्यालयको नियमित खर्च धान्न धितोविना न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्न माग गरेका हुन् ।

शिक्षक–कर्मचारीको तलबभत्ता, घरभाडालगायत खर्चका लागि दुई प्रतिशत ब्याजमा कम्तीमा तीन वर्षका लागि ऋण आवश्यक रहेको निजी विद्यालयले जनाएका छन् ।

अब लकडाउन खुले पनि विद्यालय सञ्चालन हुन अझै समय लाग्ने भएकाले निजी विद्यालयले लिएको ऋणमा समेत आगामी दुई वर्षका लागि आधारभूत दरमा दुई प्रतिशत घटाई ब्याजदर कायम गराउन माग गरेका छन् ।

लकडाउनको समयमा समेत विद्यालयको खर्च नियमित हुने र लकडाउन खुलेपछि पनि तंग्रिन समय लाग्ने भएकाले निजी विद्यालयलाई सधैंका लागि बन्द हुने अवस्थाबाट जोगाउन पुनर्ताजकीकरण गराउन आग्रह गरेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७