चेली बेचेको आरोप लागेका वडाध्यक्षलाई धरौटीमा छाड्न आदेश


८ माघ २०७४, सोमबार
cheli

काठमाण्डौ, ८ माघ : चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेका नुवाकोट, दुप्चेश्वर गाउँपालिका–१ का अध्यक्ष सुनबहादुर तामाङलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । cheli

तामाङलाई काठमाण्डौं जिल्ला अदालतले आइतबार ८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । तर, मानव बेचबिखनसम्वन्धी अर्को पूरानो मुद्दाको फैसला कार्यान्वयन बाँकी रहेकाले उनी अहिले पनि प्रहरी नियन्त्रणमै रहेको बताइएको छ । सुनबहादुरले दुई सय भन्दा बढी चेलीहरुलाई भारतका विभिन्न बेश्यालयहरुमा लगेर बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनले दिल्ली र मुम्बईमा बेश्यालय समेत चलाइरहेको प्रहरीको भनाई छ । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट पाएका तामाङ दुप्चेश्वर गाउँपालिका–१ को अध्यक्षमा निर्वाचित भएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सुनबहादुरलाई फेरि अदालतमा पेश गर्ने तयारी गरेको छ । सीआईबी प्रवक्ता जीवन श्रेष्ठले अनलाइनखबरसँग भने, ‘जिउ मास्नेबेच्ने सम्बन्धी पुरानो फैसला कार्यान्वयन बाँकी नै छ । त्यसको लागि फेरि अदालतमा पेश गर्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७