भारतीयको आक्रमणबाट सीमा क्षेत्रमा खटिएका सशस्त्रका हवल्दार घाइते


प्रकाशित मिति : 23 May, 2020 6:35 am

झापा, १० जेठ । जिल्लाका सीमा क्षेत्रमा भारतीयको आक्रमण बढ्न थालेको छ । नेपाली भूमिमा लगाएको खेति थन्काउने बाहानामा झुण्ड झुण्डमा आएका भारतीयहरुले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण गर्दै आएका छन् ।

नेपाली भूमिमा प्रवेश गर्न खोजेपछि शुक्रबार मध्यान्ह्मा सशस्त्र प्रहरीका हवल्दार शंकर चौधरीमाथि भारतीयले आक्रमण गरेका छन् । कचनकवल गाउँपालिका घेराबारी नजिकैको १२२ नम्बर पिल्लर छेउको अस्थायी पोष्टमा बसेका प्रहरी हवल्दारमाथि भारतीयले आक्रमण गरेका हुन् ।

सीमा क्षेत्रको नेपाली भूमिमा घाँस काट्ने बाहानामा छिर्न खोजेका भारतीयलाई सशस्त्रको टोलीले रोक्न खोज्दा सुरुमा मुखमुखै लागे । त्यसपछि तत्कालै ३०, ४० जनाको झुण्ड आएर आक्रमण प्रयास गरेको गाउँपालिका प्रमुख अञ्जार आलमले जानकारी दिए ।

‘सशस्त्रका हवल्दारलाई गालामाथि कञ्चटमा प्रहार गरेका छन् ।’ आलमले भने, ‘यो किसिमको आक्रमण देशमा लकडाउन सुरु भएपछि नै गाउँपालिकाको विभिन्न सीमा क्षेत्रमा ३ पटक भयो ।’

सीमामा आएर खेती थन्क्याउन पाइन्छ कि भनेर सीमा प्रहरीलाई अनुरोध गर्ने र आउन नदिएपछि गालिगलौज र हातपातमै समेत उत्रिले गरेको आलमको भनाइ छ । गाउँपालिको टोली, सुरक्षाकर्मी र नजिकैका स्थानीय गएर गरेको छलफल गरेपछि उनीहरु फर्केको आलमले जानकारी दिए । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्