नेपालको नयाँ नक्सा तथा निशान छाप अन्तर्राष्ट्रिय समुदायमा पठाउने तयारी


१० जेष्ठ २०७७, शनिबार
nepal map fPQlM53n1r

काठमाडौं, १० जेठ । नेपाल सरकारद्वारा अद्यावधिक गरिएको नेपालको नयाँ नक्सा तथा निशान छाप अन्तर्राष्ट्रिय समुदायसहित सबैतिर पठाउने तयारी गरेको छ ।

सोही तयारीका क्रममा सरकारले नक्सा छाप्ने र निशान छाप परिवर्तनको कानुनी प्रक्रिया शुरु गरिसकेको छ ।

नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छाप र त्यसभित्र अद्यावधिक नक्सा राख्ने कानुनी प्रक्रिया सुरु गरेको हो । संविधान संशोधनको प्रस्तावसँगै नयाँ निशान छापमा अद्यावधिक नक्सामा सामेल कालापानी, लिपुलेक र लिम्पियाधुरा छापिने छ ।

नक्सा छापिने प्रक्रिया शुरु भएसँगै स्वदेश र अन्तर्राष्ट्रिय समुदायलाई कहाँ – कहाँ पठाउने भन्नेबारेमा समेत मन्त्रालयले तयारी गरेर सूची समेत तय गर्दैछ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७