सैनिक विद्यालयमा भ्रष्टाचार, पाँच सैनिक अधिकृतलाई कारबाही


१० जेष्ठ २०७७, शनिबार
Nepal army headquarter

काठमाडौं, १० जेठ । सैनिक अदालतले पाँच सैनिक अधिकारीलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै कारवाही गरेको छ । समरी जनरल सैनिक अदालतले तीन सैनिक अधिकृत र अन्य दर्जाका दुई सैनिकलाई शुक्रबार कारबाही गरेको जंगी अड्डाले जनाएको छ ।

सैनिक कल्याणकारी कोषबाट सञ्चालित सैनिक आवासीय मावि, भक्तपुरमा आर्थिक अनियमितता गरेको आरोपमा उनीहरुमाथि कारबाही भएको हो ।

सैनिक अदालतले महासेनाी भुपालमान अधिकारीलाई एक करोड ८५ लाख ४० हजार १०८ रुपैयाँ बिगो असुल्नुका साथै दुई वर्ष कैद गर्ने निर्णय गरेको छ । भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी उनलाई सेवाबाट हटाउने निर्णय पनि गरेको छ।

यस्तै प्रमुख सेनानी देवबहादुर क्षेत्रीमाथि दुई वर्ष बढुवा रोक्का गर्ने अनि चार लाख ४० हजार रुपैयाँ असुल्ने निर्णय भएको छ । हुद्दा यज्ञराज पोखरेलबाट तीन लाख ६० हजार असुल्ने अनि भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय पनि भएको छ ।

अर्का हुद्दा गणेशबहादुर अधिकारीको दुई वर्ष तलब वृद्धि रोक्ने फैसला भएको छ । उनीबाट १० हजार असुल्ने फैसला सैनिक जनरल समरी अदालतले गरेको छ ।

लेखाका सहसेनानी सुरेन्द्रविक्रम भण्डारीलाई नसिहत दिने निर्णय भएको छ । आर्थिक अनियमितताको आरोपमा मुछिएका अरु १३ जनाले सफाई पाएका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सैनिक आवासीय महाविद्यालयमा अनियमितता भएको उजुरीपछि छानबिनका लागि सहायक रथीको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन भएको थियो । सैनिक कल्याणकारी कोषको लगानीमा सन्चालित सैनिक आवासिय महविद्यालय, भक्तपुरमा आर्थिक अनियमितता भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको २०७६ फागुन २३ गतेको राय सहितको प्रतिबेदन बुझाएको थियो ।

सोहि आधारमा तत्कालीन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारीसहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा २०७६ चैत्त ६ गते गठित समरी जनरल सैनिक अदालतले शुक्रवार फैसला सुनाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७