ग्राण्डी अस्पतालमा उपचाररत बिरामीमा पनि कोरोना, अस्पताल शिल गरिंदै


१० जेष्ठ २०७७, शनिबार
Grandi hospital

काठमाडाैं, १० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (शनिबार) विहान कोरोना पुष्टि गरेका काठमाडौंका एक व्यक्ति ग्राण्डी अस्पतालमा उपचाररत बिरामी रहेको पाइएको छ ।

आज कोरोना संक्रमण पुष्टि भएका ३५ वर्षीय पुरुष ग्राण्डी अस्पतालमा उपचाररत व्यक्ति रहेको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् । उनले संक्रमित व्यक्तिलाई टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको पनि बताए ।

संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका लागि इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिइसकेको मन्त्रालय स्रोतले जानकारी दियो । बिरामीमा कोरोना संक्रमण देखिएपछि ग्राण्डी अस्पताल शिल गर्ने तयारी गरिएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७