फोहोरको थुप्रोमा शिशुको शव


८ माघ २०७४, सोमबार
poiuytfrdsa

गुल्मी, ८ माघ : गुल्मीको रिडीमा नवजात शिशुको शव फेला परेको छ । रुरु गाउँपालिका–१ को फोहोर पाल्ने ठाउँ रिडीखोला किनारमा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिएका छन् ।
आइतवार साँझ सडक बालबालिकाहरुले बोराभित्र रहेको अवस्थामा शिशुको शव फेला पारेका थिए ।poiuytfrdsa

त्यसपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेको स्थानीय चिरञ्जीवि ज्ञवालीले जानकारी दिए । घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक भिमबहादुर कार्कीका अनुसार बच्चा पूर्णरुप भई जन्मेको र नाल नकाटिएको अवस्थामा थिए । घटनाको अनुसन्धान भइरहेको र शिशु जन्माएर फाल्ने व्यक्ति पत्ता लागे कडा कार्वाही उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७