लकडाउनको ६१ औँ दिन {भिडियो}


१० जेष्ठ २०७७, शनिबार
Lockdown 61th day.00 00 37 18.Still001

काठमाडौं, १० जेठ । सरकारले जारी गरेको लकडाउन दुई महिनादेखि जारी रहेको छ । गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको हो ।

पछिल्लो पटक लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याइएको छ । सुरुमा एक साताका लागि गरिएको लकडाउन दोस्रो पटक पुनः एक साता थप गरी चैत २५ गतेसम्म पुर्‍याइएको थियो ।

त्यसलाई निरन्तरता दिँदै तेस्रो पटक वैशाख ३ गतेसम्म लकडाउन लम्बिएको थियो । त्यसपछि पनि १२ दिन लकडाउनको अवधि थप गरी वैशाख १५ गतेसम्म र पुनः १० दिन थप गर्दै वैशाख २५ गतेसम्म लकडाउन गरियो । छैटौं पटक जेठ ५ गतेसम्मका लागि लकडाउनको समयावधी लम्ब्याइएको हो ।

लकडाउनमा अत्यावश्यक सेवाका सवारी र पासबाहक सवारी मात्रै सञ्चालनमा छन् । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले पास वितरणमा पनि कडाई गरेको छ ।

लकडाउनको समयमा एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने नियम पनि लागू गरिएको छ ।

उपत्यकामा संक्रमण देखिन थालेपछि भित्रि गल्लिहरुमा स्थानीयले प्रवेश निषेध गरेका छन् । केही दिनअघि अत्यावश्यक सेवा, बैंकिङ क्षेत्रहरु र उद्योगहरु सञ्चालन गर्ने निर्णय सरकारले गरेपनि संक्रमितको संख्या बढ्दै गएपछि पुनः लकडाउन कडा पारिएको हो ।

लकडाउन कडा पारिए पनि  संक्रमितको संख्या बढ्दाे छ । नेपाल  संक्रमित ५ सय ८४ पुगेको छ । हिजाे (शुक्रबार) ५०७ जना रहेकाे थिए । आज (शनिबार) दिउँसो थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । आज बिहान मात्र सर्लाहीमा १३ सहित विहानै ३२ जनामा कोरोना संक्रमण देखिएको थियो ।  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७