२०७७ जेठ ११ गते आइतबारको तपाईको राशिफल


११ जेष्ठ २०७७, आईतवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
ठीक समयमा सही निर्णय लिन सकिने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । सहकर्मीबाट विरोध पनि आउन सक्छ । खर्च समेत बढ्ने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज भाग्यले विभिन्न अवसर जुराउने छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । साहित्य र मनोरञ्जनमा रुची बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । राजनैतिक क्षेत्रमा सफलता पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज पुरानो समस्या सुल्झाउन सकिने छ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्यसम्बन्धी चिन्ता बढ्ने छ । साझेदारी काममा उल्झन आउन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । साहित्यिक र सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । पुराना योजना बिस्तारै अघि बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । प्रेम सम्बन्ध अझै कसिलो हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
महत्वपूर्ण कामको योजना बन्ने छ । सामाजिक क्षेत्रबाट सफलता पाईएला । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज अवसरहरू आउनाले मन प्रसन्न रहने छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् । आफ्नो भूमिबाट लाभ रहला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । व्यापारमा सामान्य धन लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । वाक्चतुर्याईले सङ्कल्पसिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७