सामुहिक लगानीको अभियान लिएर एनआरएन उपाध्यक्ष पन्त बेलायतमा


८ माघ २०७४, सोमबार
Kumar Panta

रामशरण सिमखडा
लण्डन, ८ माघ : गैर आवासीय नेपालीहरुको सामुहिक लगानीको बिषयमा बेलायतमा छलफल हुने भएको छ । छलफलका लागि ग़ैर आवासीय नेपाली संघ(एनआरएनए) अन्तराष्ट्रीय समन्वय समितिका उपाध्यक्ष कुमार पन्त बेलायत आइपुगेका छन् ।

गत अक्टोबरमा काठमाडौंमा सम्पन्न बिश्व सम्मेलनले गैर आवासीय नेपालीहरुको  सामुहिक लगानीमा जोड दिएको थियो । यो सम्मेलनबाट निर्वाचित अन्तराष्ट्रीय समितिले बिश्वभरी छरिएर रहेका नेपाली डायस्पोराहरूबाट सञ्चित रकम नेपालको आर्थिक समृद्धिमा लगानी गर्नका लागि अगुवाई र प्रयास गर्नेछ ।

Kumar Panta

यही उद्देश्यले बेलायतमा ‘सामुहिक लगानी’ बारे एक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर लण्डनबाट यस कार्यक्रमको घोषणा गरिनेछ । यही कार्यक्रमको प्रस्तोताको रूपमा उपाध्यक्ष पन्त बेलायत आएका हुन् । नेपालको गोर्खा घर भएका उपाध्यक्ष पन्त जर्मनमा बसेबास गर्दै यूरोपमा होटल ब्यबसायमा संलग्न छन् । उता नेपालमा बैंक र हाईड्रोमा ठूलो लगानी रहेको छ । गत एन आठौं बिश्वसम्मेलनबाट उपाध्यक्षमा निर्वाचित पन्त भाबी अध्यक्षको रूपमा लिइने गरिन्छ ।

पन्तलाई स्वागत गर्न केन्द्रीय उपाध्यक्ष कुल आचार्य, आईसिसि सदस्य रामशरण सिमखडा, पूर्ब आई सि सी सदस्यद्धय बिजन भट्ट, कृष्ण तिमिल्सिनास, महासचिब आए. के त्रिपाठी, सल्लाहकार पूर्ण लोक्सम, पत्रकार नबिन पोख्रेल, शिब भण्डारी, दिनेश परियार, बिमला सेने लगायत बुद्धिजीविहरुको ठूलो संख्यामा उपस्थीत रहेको थियो । भोली अध्यक्ष भवन भट्ट समेत बेलायत आईपुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७