४२ जिल्लामा कोरोना संक्रमण, ६०० नाघ्यो संक्रमित संख्या {भिडियाे}


११ जेष्ठ २०७७, आईतवार
corona districts 1

काठमाडौ ११ जेठ । नेपालमा कोरोना संक्रमण ४२ जिल्लामा पुगेको छ । आइतबार नुवाकोटमा नयाँ संक्रमित फेला परेसँगै नेपालका ४२ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज(शनिबार) १९ जनामा देखिएसँगै संक्रमित संख्या ६०३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मोरङ, पर्सा, रौतहट, काठमाडौं, नुवाकोट, रुपन्देही, कपिलवस्तु र गुल्मीका रहेका छन् ।


नयाँ सङ्क्रमितमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ बाह्रदशी–३ का ४५ वर्षीय पुरुष रहेका छन् । यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्ज २५ वर्षीय पुरुष, पर्सा घर ठेगाना भएका बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साका नागवाका ६० वर्षीय पुरुष, रौतहट स्थायी ठेगाना कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर–६ का ४८ वर्षीय पुरुष, रुपन्देही सम्मारिमाईका दुईजना पुरुष क्रमशः ४० र ५० वर्षीय पुरुष, रुपन्देही–१ का ३२ वर्षीय पुरुष, काठमाडौँ सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको उनले बताए ।


यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही गैडहवा गाउँपालिका २३, ३० र ४० वर्षीय पुरुष, कपिलवस्तु खैरापुरका–३ का ३५, ३७ र ५२ वर्षीय पुरुष रहेका छन् । गुल्मी मदाने गाउँपालिका ३१ वर्षीय पुरुष गरी कूल १९ जना सङ्क्रमण देखिएको छ ।

नयाँ सङ्क्रमितको कन्ट्याक्ट ठ्रसिङको काम इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशााखाले गरिरहेको उनले बताए । कूल सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या ६०३ जना रहेका छन् जसमध्ये पुरुष ५३२ र महिला ७९ जना रहेका छन् । उहाँका अनुसार सङ्क्रमित ४२ जिल्ला पुगेका छन् ।

प्रदेश नं. १ मा सात जिल्लाका ८६, प्रदेश नं. २ मा आठै जिल्लाका १७९, वाग्मती प्रदेशमा एघार जिल्लाका १४, गण्डकी प्रदेशमा तीन जिल्लाका पाँच, प्रदेश नं ५ को सात जिल्लाका २८१, कर्णाली प्रदेशका दुई जिल्लाका चार र सुदूरपश्चिम प्रदेशका चार जिल्लाका १४ जनामा सङ्क्रमण देखिएको उनले बताए ।



८७ जना निको भए फर्किए
संक्रमित बिरामी निको भएर घर फर्किने ८७ जना पुगेका छन् । नारायणी अस्पताल उपचार रहेका सात र बुटवल धागो कारखानामा रहेका १० गरी आजै मात्र १७ जना डिस्चार्ज भएका हुन् । नारायणीमा डिस्चार्ज भएका बारा, पर्सा र रौतहटका २४ देखि ५१ वर्षीय पुरुष रहेका छन् ।



प्रदेश नं १ मा २६, प्रदेश नं २ मा १३, वाग्मती प्रदेशमा नौ, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा ३२ र सुदूरपश्चिम प्रदेशमा पाँचजना डिस्चार्ज भएका छन् । शुक्रबार एकै दिन नेपालगञ्जमा २१ जना डिस्चार्च भएका थिए । अहिलेसम्म पिसिआरबाट ४८ हजार ८१५ र आरडिटीबाट ९० हजार २६ जनाको परीक्षण गरिएको जनाइएको छ ।

कुन जिल्लामा कति ?
संक्रमित जिल्लाहरु मध्ये सबैभन्दा बढी बाँके जिल्लामा १ सय ४२ जनामा संक्रमण देखिएको छ । बाँके जिल्लाकै २१ जना उपचारपछि निको भइसकेका छन् । भने १ जनाको मृत्यु भएको छ ।


यस्तै बाँकेपछि पर्सामा ९४ जना, कपिलवस्तुमा ८० जना, पर्सामा ७ जना, रुपन्देहीमा ४३, उदयपुरमा ३३, झापामा ३५ सर्लाहीमा ३५ र रौतहटमा २३ जनामा संक्रमण देखिएको छ । भने भोजपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, सिन्धुली, लमजुङ, दैलेख र कञ्चनपुरमा १–१ जनामा कोरोना देखिएको छ ।


२४ घण्टामा २८५६ जनाको पिसिआरबाट कोरोना परीक्षण
कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५६ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ । नेपालमा हालसम्म १ लाख ३८ लाख ३८ हजार ८ सय ४१ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ४८ हजार ८ सय १५ जनाको पिसिआर र ९० हजार २६ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।


आइतबार १९ जना नयाँ संक्रमित भेटिएसँगै संक्रमितको संख्या ६ सय ३ जना पुगेको छ । जममध्ये ५ सय ४ पुरुष र ९९ जना महिला छन्। नुवाकोटमा संक्रमित भेटिएसँगै प्रभावित जिल्लाको संख्या ४२ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म ८७ जना उपचारपछि डिस्जार्च भएका छन्। मुलुकभर हाल ५ सय १३ जना आईसोलेसनमा छन् भने ३९ हजार ८ सय ४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
विश्वभर संक्रमित ५४ लाखको हाराहारीमा, ३ लाख ४४ हजारको मृत्यु

कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५४ लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९९ हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ४ हजार १८३ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ५३ हजार २६९ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख ६२ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ६७५ को कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ३६ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९८ हजार ६८३ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको संख्या ३० हजारको हाराहारीमा छ । हालसम्म इटालीमा ३२ हजार ७३५, फ्रान्समा २८ हजार ३३२, स्पेनमा २८ हजार ६७८, बेल्जियममा ९ हजार २३७, जर्मनीमा ८ हजार ३६६ र नेदरल्यान्ड्मा ५ हजार ८११ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा २२ हजार १६५ जनाको मृत्यु भएको छ । यसैगरी, इरानमा ७ हजार ३५९, मेक्सिकोमा ७ हजार १७९, क्यानाडामा ६ हजार ३५५ र चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७