प्रदेश-२ मा आजै थपिए ५४ कोरोना संक्रमित, संक्रमितको संख्या २३२ पुग्यो


१२ जेष्ठ २०७७, सोमबार
korona 1

जनकपुरधाम, १२ जेठ । प्रदेश–२ मा हरेक दिनजसो कोरोना संक्रमित थपिने क्रम जारी छ । आज (सोमबार) मात्र प्रदेश–२ मा एकैपल्ट ५४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै प्रदेश–२ मा संक्रमितको संख्या २३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको ७२ जना संक्रमितमध्ये ५४ जना प्रदेश–२ का का छन् । सबैभन्दा बढी रौतहटमा थपिएका छन् । रौतहटमा २६ जना थपिंदा बारामा २३ जना थपिएका छन् । धनुषामा ३ जना र सप्तरीमा २ जना थपिएका छन् ।

सबैभन्दा बढी संक्रमित पर्सा जिल्लामा छन् । पर्सामा ९० जना, रौतहटमा ५२ जना, बारामा ३६ जना, सर्लाहीमा ३४ जना, धनुषामा ११ जना, महोत्तरी र सप्तरीमा ४र४ जना र सिरहामा १ जना संक्रमित देखापरेका छन् ।

संक्रमितमध्ये ५ जना यस प्रदेशका स्थायी बासिन्दा भए पनि काठमाडौंमै बस्दै आएका छन् । संक्रमितहरुको विभिन्न ठाउँको आइसोलेसनमा उपचार भइरहेको छ । संक्रमितमध्ये २० जना निको भएर घर फर्केका छन् । पर्साका १८ संक्रमित आइतबार राति निको भएर घर फर्केका छन् भने दुई जना यसअघि नै निको भएर घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७