गौरीफन्टा र गड्डाचौकी नाकाबाट सयौँंको संख्यामा नेपालीको उद्दार {भिडियाे}


१२ जेष्ठ २०७७, सोमबार
ghaurifanta naka

काठमाडौं, १२ जेठ । भारतका विभिन्न ठाउँबाट सीमामा पुगेका नेपालीको सोमबार पनि उद्दार गरिएको छ । पश्चिमी सीमा नाका गौरीफन्टा र गड्डाचौकीबाट सोमबार पनि नेपालीहरुको उद्धार गरिएको हो ।
जेठ महिनामा गौरीफन्टा नाकामा सोमबार आठौँ दिन र गड्डाचौकी नाकाबाट सोमबार पहिलो दिन उद्धार भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले सोमबारपनि उद्धार जारी रहेको जानकारी दिए ।

उनीहरुलाई सीमा क्षेत्रबाटै सम्बिन्धत पालिकामा पठाउन लागिएको समेत प्रहरी नायव उपरिक्षक बस्नेतले बताए । गौरीफन्टा नाकाबाट पछिल्लो सात दिनमा मात्रै १२ हजार बढि नेपालीको उद्धार भएको छ ।

उता कञ्चनपुरको गड्डाचौकी नाका पनि भारतमा रहेका नेपालीहरुको लागि खोलिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रविन्द्र पौडेलले नाकाबाट नेपालीको उद्धार सुरु भएको बताए ।

सीमा नाकाबाट उद्धार जारी भएपनि दुवै नाकामा स्वास्थ्य जाँचको व्यवस्था भने छैन र प्रदेश सरकारले अहिलेसम्म किटको व्यवस्था गर्न नसकेपछि उनीहरुलाई कोरोना परीक्षण बिना सम्बन्धित पालिका पठाउन लागिएको हो। यस्ले क्वारेन्टाइनबाटै संक्रमण फैलिने खतरा भने बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७