कोरोनाको बढी जोखिम देखिएको बाँकेसहित चार जिल्लाका सिडिओको सरुवा


१२ जेष्ठ २०७७, सोमबार
griha

काठमाडौं, १२ जेठ । गृह मन्त्रालयले कोरोना भाइरस महामारीको सबैभन्दा बढी जोखिम देखिएको बारासहित चार जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।

बाँके, सप्तरी, जुम्ला र पर्वतका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिएका छन् । गृहले कोरोनाको महामारीकै बीच बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई गृह मन्त्रालयमा ल्याउँदै स्याङ्जामा कार्यरत रामबहादुर कुरुङमाङलाई बाँके सरुवा गरेको छ ।

पर्वतमा शम्भु रेग्मी, सप्तरीमा शंकर आचार्य र जुम्लामा भुपेन्द्र थापालाई सरुवा गरिएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनाललाई अध्यागमन विभागमा ल्याइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७