मृत्यु भएकाे ८ दिनपछि काेराेना पुष्टि, ११२ कोरोना संक्रमित निकाे भएर घर फर्किए {भिडियाे}


१२ जेष्ठ २०७७, सोमबार
corona virus covod 19 1536x1057 1 1

काठमाडाैं, १२ जेठ ।  वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । 

मेडिकल कलेजमा गत ४ जेठमा निधन भएका कलैया ७ बाराका ७० वर्षीय बृद्धमा ८ दिनपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ती पुरुषमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिए । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

यसअघि, सिन्धुपाल्चोकी एक महिला, बाँके नरैनापुरका एक पुरुष र गुल्मीका एक पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । त्यस्तै सोमबार थप ७९ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो सँगै कुल संक्रमित संख्या ६८२ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । पछिल्लो समय थपिएका संक्रमितमा बाराका ७० वर्षीय मृतक वृद्ध छन् । यसका अलावा अछामका ३२ वर्षीय पुरुष, गुलरिया बर्दियाका २२ र २४ का र १८ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । पर्साका १८ र कलैया बारामा कार्यरत काठमाडौंका २८ वर्षीय पुरुष संक्रमित देखिएको देवकोटाले बताए ।

यस्तै गरी अहिलेसम्म ११२ जना निको भएर अस्पतालबाट बिदा भएका छन्। आजै वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोना उपचाररत १८ जना डिस्चार्ज भएका छन्।   अस्पतालबाट यसअघि ९ जना डिस्चार्ज भएका थिए। हालसम्म अस्पतालबाट कोरोना उपचारपछि २७ जना डिस्चार्ज भइसकेका छन्।  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७