रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री


१२ जेष्ठ २०७७, सोमबार
pm kp oli

काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रका नाममा आज सम्बोधन गर्दै उनले यो महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।

महामारीको सामना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा रहेको उनले बताए । क्वारेन्टिन थप व्यवस्थित बनाउँदै लैजाने पनि उनको भनाइ छ । नेपालले ६२ दिनदेखि बन्दाबन्दी कोरोनाविरुद्ध लडिरहेको बताउँदै उनले भने, ‘हामीले अझै केही समय लड्नुपर्ने देखिएको छ ।’

सरकार नागरिकप्रति संवेदनशील रहेको उनले बताए । सरकारले परीक्षणको दायरा बढाउने क्रममा पहिले एक प्रयोगशालाबाट अहिले २० वटा विस्तार गरेको उनले जानकारी दिए ।

उनले जनस्तरमा पारस्परिक सहयोगमा मात्रै कोरोनालाई जित्न सकिने बताएका छन् । उनले भने, ‘यो सङ्क्रमण अझै केही समय रहने हुँदा अहिले सबै मिलेर लाग्दा मात्रै महामारीलाई जित्न सकिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७