लकडाउनको ६३ औं दिन : निर्वाध रुपमा गुड्दै सवारी {भिडियाे}


१२ जेष्ठ २०७७, सोमबार
lockdown

काठमाडौं, १२ जेठ । सरकारले जारी गरेको लकडाउन दुई महिनादेखि जारी रहेको छ ।

गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको हो ।

पछिल्लो पटक लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याइएको छ । लकडाउनको ६३ औं दिनमा आइपुग्दा उपत्यकामा भने उलंघन बढदै गएको छ । बिभिन्न स्थानमा चेकजाँच पनि फितलो देखिएको छ ।

निर्वाध रुपमा गुड्दै सवारी

लकडाउनमा अत्यावश्यक सेवाका सवारी र पासबाहेक सवारी मात्रै सञ्चालनमा आउन पाउने भनिएता पनि अन्य सवारीहरु पनि निर्वाध रुपमा गुडेका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यका लगाएत मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो अपटेड अनुसार ६८२ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७