मिलन चाम्सको ‘गोर्खा वारियर’को टिजर सार्वजनिक


१२ जेष्ठ २०७७, सोमबार
bijaya lama

काठमाडौं, १२ जेठ ।  मिलन चाम्सको निर्देशनमा बन्न लागेको अन्तराष्टिय प्रोजेक्ट ‘गोर्खा वारियर’को टेस्ट टिजर सार्वजनिक गरिएको छ। कोरोना भाइरसको महामारीसँगै अरू क्षेत्रसँगै चलचित्र पनि ठप्प भएको अवस्था मिलन चाम्सले ‘गोर्खा वारियर’को टिजर सार्वजनिक गरेका हुन् ।  

यो किसिमको टेस्ट टिजर हलिउड चलचित्रहरुले बनाउने गर्दथे । यो टिजरमा समावेश दृस्यहरु चलचित्रमा रहने छैन् । नेपाली चलचित्रमा पहिलो पटक प्रयाेग गरिएको निर्देशक मिलन चाम्सले बताए ।

यदि कोही मर्नसँग डराउदिन भन्छ भने कि उ झुट बोल्दै छ कि त उ गोर्खाली (नेपाली) हो – फिल्ड “मार्शल शाम मानेस्का’को भनाइ संमावेश टिजर नवनायक रितेश चाम्सको स्क्रीन टेस्ट गर्नको लागि नेपालमा नै छायांकन गरिएको हो ।

वीर गोर्खालीको कथामा बन्ने चलचित्र ‘गोर्खा वारियर’ को केहि समय पश्चात छायांकन सुरु हुने जनाएकाे छ ।

चलचित्रमा कलाकारको रुपमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्दि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुन फाइनल भएका छन् । हलिउड कलाकारको पनि अभिनय रहने चलचित्रबाट रितेश चाम्सले डेब्यु गर्नेछन् ।

५० प्रतिशत हलिउड प्राविधिक राखेर चलचित्र नेपाली र अंग्रेजी भाषामा तयार गरिनेछ । चलचित्रको लण्डनमा १० हजार दर्शकका साथ वर्ल्ड प्रिमियर गरिने निर्देशक मिलनले बताए ।

यूके, अफगानिस्तान र नेपालमा छायांकन हुने चलचित्रको एक अभिनेत्रीको खोजी भैरहेको निर्माण पक्षले बताएको छ । लण्डन सिने आइ प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्र २०२१ मा विश्वभर प्रदर्शनमा ल्याइने तयारी रहेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७