२०७७ जेठ १३ गते मंगलबारको तपाईको राशिफल


१३ जेष्ठ २०७७, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ । साँझपख शुभ समाचार आउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कला र गलाको प्रभाव बढ्ने छ । भाग्यले विभिन्न अवसर जुराउने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । सामाजिक कार्य राम्रो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज इच्छा र आकांक्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्ने छ । प्रविधिमार्फत टाढा रहेका आफन्तसँग भेटघाट हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । महिला वा मित्रबाट विशेष सहयोग पाइने छ । अध्ययनमा रुची बढ्ने योग पनि देखिन्छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शुभकार्यको चर्चा चल्ने छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । साँस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । बन्द व्यापार सामान्य बन्दै जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक र न्यायिक कार्यमा सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पुनर्मिलनको योग पनि रहेको छ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग पनि मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेम प्रसङ्गमा समेत नरमाइलोपन आउने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तको प्रगतिमा मन रमाउने छ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक कामले गति लिने र राम्रो फड्को मार्न सकिने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । लगनशीलताले कामहरु अगाडि बढ्ने छन् । मान प्रतिष्ठामा अभिवृद्धि पनि हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बीच खिन्नता बढ्ने छ । मनमा निरासा र शरीरमा आलस्य पनि आउँला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७