प्रदेश नं १ को बजेट अधिवेशन बुधबारदेखि


१३ जेष्ठ २०७७, मंगलवार
Pradesh Sava 1

विराटनगर, १३ जेठ । प्रदेश नं १ को बजेट अधिवेशन बुधबारदेखि शुरु हुने भएको छ । अपराह्न २ बजेदेखि प्रारम्भ हुने अधिवेशनलाई व्यवस्थित बनाउन प्रदेशसभा सदस्यलाई दुई ठाउँमा बस्ने व्यवस्था मिलाएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

जिल्ला समन्वय समितिको कार्यालयमा सञ्चालन भइरहेको प्रदेशसभाको अधिवेशन विगतमा तल्लो तलाको सभामा सञ्चालन भइरहेको थियो भने कोरोना भाइरसका कारण र सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले सोही भवनको माथिल्लो तलामा पनि सदस्यलाई बस्ने व्यवस्था मिलाएको र अधिवेशन सञ्चालन हुनुअगाडि नै सबै सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, सुरक्षाकर्मी, कर्मचारी र समाचार सङ्कलनमा सहभागी हुने सञ्चारकर्मीको स्वाब सङ्कलन भइसकेको सचिव पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७