प्रधानमन्त्रीले बोलाए सर्वदलीय वैठक


१३ जेष्ठ २०७७, मंगलवार
kp oli 1

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी ओलीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् । यसअघि पनि प्रधानमन्त्री ओलीले एक पटक सर्वदलीय वैठक बोलाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७