तीन बालबालिकासहित रौतहटका थप २२ जनामा कोरोना संक्रमण


१३ जेष्ठ २०७७, मंगलवार
korona 1

रौतहट, १३ जेठ । रौतहटमा तीन बालबालिकासहित थप २२ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

मंगलबार मध्यान्न जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार गौर नपाका सात जना, राजदेवीका एक जना, देवाहिगोनाहीका तीन र अरु ११ जनामा कोरोना पुष्टि भएको छ ।

संकेमितमा तीनजना बालबालिकासमेत रहेका रौतहटका सिडिओ बासुदेव घिमिरेले जानकारी दिएका छन् । रौतहटमा यसअघि ४८ जनामा संक्रमण देखिएको थियो ।

उनीहरुमध्ये तीन जना निको भएर घर फर्किएका छन् । भारतबाट आएका उनीहरु सबैलाई सीधै क्वारेन्टाइनमा लिएर राखिएको थियो । योसँगै रौतहटमा संक्रमित हुनेको संख्या ६९ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७