भारतबाट आएका स्याङजाका दुई जनामा कोरोना


१३ जेष्ठ २०७७, मंगलवार
korona 1

स्याङजा १३ जेठ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

भारतबाट आएर वालिङको क्वारेन्टाइन बसेका दुई पुरुषलाई संक्रमण देखिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरी पुष्टि गरेका छन् । उनीहरुको सोमबार पोखरामा स्वाब परीक्षण गरिंदा पोजेटिभ देखिएको उनले बताए । अहिले उनीहरुलाई आइसोलेसन वार्डमा सारिएको जनाइएको छ ।

संक्रमितहरु वालिङ नगरपालिका–७, निवासी २० र २९ वर्षीय पुरुष रहेको र उनीहरु जिल्ला अस्पताल स्याङ्जाको कोरोना आइसोलेशन कक्षमा चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेको पनि प्रजिअ गिरीले बताएका छन् । संक्रमितहरु यही जेठ १० गते भारतबाट वालिङ आएका थिए ।

उनीहरूलाई वालिङ नगरपालिकाको खेल मैदानमा रहेको क्वारेन्टिनमा राखिएको थियो ।
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक विनोदबिन्दु शर्माका अनुसार हालसम्म स्याङ्जा जिल्लाबाट १७० जनाको स्वाब परीक्षण लागि पोखरा ल्याइएको छ ।

बागलुङमा पोजेटिभ देखिएका दुई जना निको भएपछि गण्डकी कोरोनामुक्त भएको यहाँका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले बताएका थिए । त्यस लगत्तै नवलपुरमा पनि २ जना र लमजुङमा एक जनलाई कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७