उपचार गरेका तीन जनामा कोरोना पुष्टि भएपछि २० स्वास्थ्यकर्मी क्वारेन्टिनमा


१३ जेष्ठ २०७७, मंगलवार
bardiya hospital

बर्दिया, १३ जेठ । बर्दियाको गुलरिया नगरपालिकाका तीन जनामा कोरोना सङ्कमणको पुष्टि भएसंँगै जिल्ला अस्पतालका २० स्वास्थकर्मीलाई क्वारेन्टिनमा राखिएको छ ।

जिल्ला अस्पतालमा कार्यरत १४ स्वास्थ्यकर्मीलाई एक स्थानीय होटेलको क्वारेन्टिन र ६ जनालाई होम क्वारेन्टाइनमा राखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुभाष पाण्डेले जानकारी दिए । अधिकांश स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेपछि आकस्मिक बाहेकका अस्पतालका सेवा बन्द भएका छन् ।

जिल्ला अस्पतालमा भर्ना भएका सबै बिरामी र स्वास्थकर्मीको स्वाब परीक्षण गरिने अस्पतालले जनाएको छ । स्वाब रिपोर्ट आएपछि मात्र अस्पतालको अन्य सेवा पुनः सञ्चालन हुने अस्पतालका मेसु पाण्डेले बताए ।

जिल्लाका गुलरिया नगरपालिकाका चार तथा बाँसगढी नगरपालिका, राजापुर नगरपालिका र बढैयाताल गाँउपालिकाका एकएक गरी सात जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७