पहिलोपल्ट जापानको फुकुओका उड्दै नेपाल एयरलाइन्स


१३ जेष्ठ २०७७, मंगलवार
Nepal AIrlines A330 200

काठमाडौं, १३ जेठ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको फुकुओका शहरमा पहिलो पटक उडान गर्दैछ ।

निगमको वाइडबडी ए–३३० जहाजले आज राति फुकुओका शहरमा चार्टर्ड उडान गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ । बन्दाबन्दीको अवधिमा निगमको जापानमा यो छैटौं उडान हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज राति ९ः०० बजे उड्ने वाइड बडी जहाज फुकुओका शहर पुगेर भोलि दिउँसो १ः३० बजे काठमाडौँ अवतरण गर्नेछ । काठमाडौं–फुकुओका गन्तव्यको उडान करिब ६ घण्टाको हुनेछ ।

निगमक प्रवक्ता अर्चना खड्काले निगमले पहिलो पटक फुकुओका शहरमा चार्टर्ड उडान गर्न लागेको जानकारी दिए । यो उडानमा २६० हाराहारी यात्रु रहेका छन् । नेपालमा लकडाउनका कारण रोकिएका केही जापानी र जापानमा बसोबास गर्ने नेपाली जापान फर्किन लागेका हुन् । पछिल्लो पटक यही जेठ ११ गते निगमले नारितामा पाँचौ पटक चार्टर्ड उडान गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७