सशस्त्र प्रहरीको २१ प्रहरी निरीक्षक दिक्षित


१३ जेष्ठ २०७७, मंगलवार
apf new inspectors 1

काठमाडौं, १३ जेठ । सशस्त्र प्रहरीको २१ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम सम्पन्न गरी दिक्षित भएका छन् । ५८ हप्ता अवधिको तालिम सम्पन्न गरेका प्रहरी निरिक्षकलाई महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा दिक्षित गरेका हुन् ।

दिक्षान्त कवाजमा उक्त तालिममा प्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक रामकुमार घिमिरेलाई उत्कृष्ट पुरस्कार स्वरुप खुँडाका र कवाज, चाँदमारी र सहिष्णुतातर्फ उत्कृष्ट भएका प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गरे ।

दिक्षान्त समारोहमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको सन्देश वाचन गरिएको थियो । प्रधानमन्त्री ओलीले शुभकामना सन्देश मार्फत दिक्षित अधिकृतहरुलाई कठिन फौजी तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै कार्यक्षेत्रमा सफलताको शुभकामना पठाएका थिए ।


यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शुभकामना सन्देश मार्फत प्रशिक्षार्थीहरुले तालिमबाट सिकेका ज्ञान, कला र कौशलको उपयोग गरी भोलीका दिनमा देखापर्न सक्ने सुरक्षा चूनौतीहरुलाई मानवीय मूल्य र मान्यताप्रति प्रतिवद्व रही सुरक्षा सेवा प्रदान गर्न सफल रहने विश्वास व्यक्त गर्नुका साथैे समाजमा शान्ति सुरक्षा कायम हुन सकेमा मात्र समग्र राष्ट्रको विकास एवं समुन्नती सम्भव हुने उल्लेख गर्दै राज्य प्रदत्त कार्यदेशहरुमा सशस्त्र प्रहरी बल, नेपालले उत्कृष्ट कार्य सम्पादन गरिरहेको र विशेष गरी सीमा सुरक्षामा पु¥याएको योगदान प्रशंसनीय गरे ।

दिक्षान्त कवाजका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को महान राष्ट्रिय अभियानलाई सफल पार्न र सुशासनको प्रत्याभुतिका लागि सशस्त्र प्रहरी बल, नेपाल सदैव क्रियाशिल रहेको बताउँदै दिक्षीत अधिकृतहरुलाई कार्यक्षेत्रमा सफलताको शुभकामना दिए ।


उनले कोभिड–१९ को महामारी नियन्त्रणमा समेत सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु दृढ विश्वासकासाथ अग्रपंक्तिमा रही अहोरात्र खटिई रहेको र सोको सबै क्षेत्रबाट प्रशंसा भईरहेको उल्लेख गर्दै दिक्षीत अधिकृतहरुलाई कार्यक्षेत्रमा खटिँदा सदैव राष्ट्र र जनताका लागि आफ्नो सम्पूर्ण सुख सुविधाहरुलाई त्यागेर जिम्मेवारी निर्वाहमा जुटिरहन निर्देशन दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपालका राष्ट्रसेवकहरु देशका विभिन्न भागहरुमा तैनाथ रहि राष्ट्रियताको जगेर्ना एवं नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपत विपद्मा उद्दार कार्यमा राज्यले सुम्पिएको दायित्व पुरा गर्दै प्रभावकारी ढंगले परिचालित हुँदै आईरहेको र संगठनका नेतृत्व तहका कमाण्डरहरुले आफू मातहतकालाई अभिभावकत्व प्रदान गर्दै सदैव कार्यप्रति उत्प्रेरित र हौसल्ला प्रदान गर्नुपर्ने साथै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डता जोगाउन एक ढिक्का भएर एक मतका साथ कार्य गर्न निर्देशन दिए ।


कार्यक्रममा सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले प्रशिक्षार्थी अधिकृतहरुलाई सपथ ग्रहण गराएको थिए ।


दिक्षान्त समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु एवं अधिकृत जवानहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७