विश्वभर २४ लाख २६ हजार कोरोना संक्रमित निको, मृत्तकको संख्या तीन लाख ५१ हजार


१४ जेष्ठ २०७७, बुधबार
korona death

काठमाडौं, १४ जेठ । कोरोना भाइरस महामारीबाट विश्वभर ज्यान गुमाउनेको संख्या तीन लाख ५१ हजार नाघेको छ । ५६ लाख ७६ हजार बढी संक्रमितमध्ये २४ लाख २६ हजार उपचार पछि निको भएका छन् ।

५३ हजार संक्रमितको अबस्था गम्भिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।
 वर्ल्डओमिटरको पछिल्लो तत्थ्याङ्ग अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ५ सय नाघेको छ ।

संक्रमितको संख्या १७ लाख २५ हजार नाघेको छ । बेलायतमा दुई लाख ६५ हजार संक्रमितमध्ये ३७ हजार बढीको मृत्यु भएको छ । इटालीमा दुई लाख ३० हजार पाँच सय संक्रमित र ३२ हजार ९ सय बढीको मृत्यु भएको छ । फ्रान्समा एक लाख ८२ हजार ७ सय बढी संक्रमित हुँदा मृत्यु हुनेको संख्या २८ हजार पाँच सय नाघेको छ ।

स्पेनमा दुई लाख ८३ हजार तीन सय बढी कोरोना संक्रमितमध्ये २७ हजार एक सय बढीको मृत्यु भएको छ । ब्राजिलमा तीन लाख ९१ हजार दुई सय बढी संक्रमित हुँदा २४ हजार पाँच सय बढीको मृत्यु भएको छ ।

यस्तै जर्मनीमा एक लाख ८१ हजार बढी संक्रमित र ८ हजार पाँच सयको मृत्यु भएको छ । चीनमा ८२ हजार ९९२ कोरोना संक्रमित हुँदा मृत्यु हुनेको संख्या ४ हजार ६३४ पुगेको छ । रसियामा तीन लाख ६२ हजार तीन सय बढी संक्रमितमा मृत्यु हुनेको संख्या ३ हजार ८ सय नाघेको छ ।

यसैगरी छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या एक लाख ५० हजार नाघ्दा ४ हजार ३४९ जनाको मृत्यु भएको छ । पाकिस्तानमा हालसम्म एक हजार १९७ जनाको मृत्यु हु्ँदा ५७ हजार ७ सय बढी संक्रमित भएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७