क्वारेन्टाइन व्यवस्थापनमा खटिरहेका वडाध्यक्षको मृत्यु, कोरोना परीक्षण गरिने


१४ जेष्ठ २०७७, बुधबार
Seti Hospital

कञ्चनपुर, १४ जेठ । कञ्चनपुरमा विभिन्न ठाउँहरुबाट आएकाहरुलाई राख्नका लागि क्वारेन्टाइन व्यवस्थापनमा जुटिरहेका एक वडा अध्यक्षको अकस्मात मत्यु भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएका थिए । ५८ वर्षीय रानालाई सेती प्रादेशिक अस्पतालमा उपचार गर्ने लैजाने क्रममा मृत्यु भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र पौडेलका अनुसार गएराति करिब १२ बजे उनको ज्यान गएको थियो । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

उनमा कोरोना संक्रमण थियो–थिएन भनेर परीक्षण गर्ने अस्पतालले जनाएको छ । ‘शवको पोष्टमार्टम हुन्छ त्यसपछि स्वाब संकलन गर्छौं’ अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७