नारायणी अस्पतालबाट दुई बालबालिकासहित थप २१ जनाले जिते कोरोनालाई


१४ जेष्ठ २०७७, बुधबार
narayani hospita
dav

वीरगञ्ज, १४ जेठ । पर्साको वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा रहेका दुई बालबालिकासहित २१ जना कोरोनामुक्त हुँदै घर फर्किएका छन् ।

निको भएपछि उनीहरूलाई मंगलबार राति डिस्चार्ज गरी घर पठाइएको अस्पतालले जानकारी दिएको छ । जसमा १६ पुरुष र ४ महिला छन् । सबै जना वीरगन्ज महानगरपालिकाका बासिन्दा हुन् ।

२४ घण्टाको अन्तरमा गरिएका पछिल्ला दुई पीसीआर परीक्षणका रिपोर्ट कोरोना नरहेको आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको नारायणी उपक्षेत्रीय अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए । उनीहरूलाई गत वैशाख २७ र ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

नारायणी उपक्षेत्रीय अस्पतालको क्षमताले नभ्याएपछि त्यहाँको गण्डक अस्पताललाई नारायणी अस्थायी कोभिड अस्पतालका रूपमा परिणत गरिएको हो । अब त्यहाँ ९ संक्रमित बाँकी रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७