ट्रम्पको ट्वीट भ्रामक भन्दै ट्वीटरले थाल्यो तथ्य जाँच


१४ जेष्ठ २०७७, बुधबार
donald trump

काठमाडौं १४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका ट्वीटहरु अब तथ्य जाँचमा पर्ने भएका छन् । ट्रम्पले गरेका ट्वीटमा भ्रामक विषयहरु हुन थालेपछि सामाजिक सञ्जाल ट्वीटरले तथ्यजाँच गर्ने नयाँ उपाय निकालेको हो ।

आफ्ना विचार र टिप्पणी प्रवाह गर्न ट्रम्पले सबैभन्दा बढी प्रयोग गर्ने माध्यम ट्वीटरबाटै तथ्य–जाँचको चुनौति सामना गर्नुपरेको हो । ट्वीटरलाई आफ्ना विवादास्पद निर्णय सार्वजनिक गर्ने तथा विभिन्न आरोप लगाउने माध्यमका रुपमा ट्रम्पले प्रयोग गर्न थालेपछि ट्वीटरले यो उपाय निकालेको हो ।

आफ्ना ट्वीटको तथ्य–जाँच्न थालेपछि आक्रोशित बनेका ट्रम्पले भने ट्वीटरले वाक स्वतन्त्रताको हनन् गरेको आरोप लगाएका छन् । राष्ट्रपतिका हैसियतमा आफू वाक स्वतन्त्रतामाथि आक्रमण हुन नदिने चेतावनी दिँदै ट्रम्पले ट्वीटरले नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न थालेको आरोप पनि लगाएका छन् ।

ट्वीटरले भने ट्रम्पले गर्ने ट्वीटमा सो विषयको तथ्य–जाँच राख्ने जानकारी दिँदै तथ्य–जाँचमा ट्रम्पको दाबी अनुसार सम्बन्धित विषयको वास्तविकता पनि राख्न थालेको हो ।

ट्वीटरले मंगलबारबाटै यो प्रक्रिया शुरु गरिसकेको छ । मंगलबार बेलुका ट्रम्पले गरेको ‘मेल–इन ब्यालट’ अर्थात हुलाक मार्फत हुने चुनावमा धाँधली बाहेक अरु केही नहुने भन्दै गरेको ट्वीटको तथ्य जाँच गरेर सँगै राखिदिएको छ ।

ट्वीटरले राखेको तथ्य जाँचमा हुलाकबाट हुने मतदान पारदर्शी हुने र ट्रम्पको आरोप झूठो निस्किएको छ । तथ्य–जाँचलाई ट्वीटरले चेतावनीको संकेत दिएर राख्ने र त्यसमा क्लिक गरेपछि तथ्य जाँच हेर्न पाइने व्यवस्था मिलाइएको छ । जसमा ट्वीटको ठीक तल आश्चर्यवाचक चिह्नसहित तथ्य–जाँच राखिएको हुन्छ ।

यो महिनाको सुरुमा ट्वीटरले यस्तो चेतावनी नोटिफिकेशन सम्बन्धी नयाँ फिचरबारे जानकारी गराएको थियो । ट्रम्पले सन् २००१ मा भएको लोरी क्लाउसुटिसको निधनबारेमा गरेको भ्रामक ट्वीट डिलिट गर्न नमानेपछि ट्वीटरले उनका ट्वीटमा तथ्य–जाँच्ने निर्णय गरेको हो । एजेन्सी

t 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७