शिक्षकबाट बालिका बलात्कृत, वेहोस अवस्थामा उद्धार


१४ जेष्ठ २०७७, बुधबार
Rape for nayapage

कपिलवस्तु, १४ जेठ । महाराजगञ्ज नगरपालिका– २ उनवलियाकी एक किशोरीमाथि बलात्कार भएको लगाइएको छ ।

उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा उजूरी दिएको छ ।

नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक लोहारले गए राति किशोरीलाई जब्बरजस्ती तानेर घरको पछाडि पुर्‍याई सो हर्कत गरेको आरोप लगाइएको छ । राति परिवारले बालिकालाई बेहोशावस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थियो ।

अभियुक्त लोहारको खोजी भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए । पीडितको शिवराज अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७