चितवन खैरहनीकी मृतक महिलाको पिसिआर रिपोर्ट नेगेटिभ


१४ जेष्ठ २०७७, बुधबार
korona 1 3

काठमाडौं, १४ जेठ । सोमबार मृत्यु भएकी चितवन खैरहनी नगरपालिका–१ की २० वर्षीया महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

गत वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी ती महिलालाई शङ्खरापुर नगरपालिका इन्द्रेणीको क्वारेन्टिनमा केही दिन राखिएको थियो । क्वारेन्टिनबाट निक्लिएपछि उनको सोमबार मृत्यु भएको थियो ।

मृतक महिलाको स्वाब परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको शङ्खरापुर नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागाईंले बताए । उनका अनुसार ती महिलाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शव परीक्षणपछि उनका श्रीमानलई जिम्मा लगाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७