रसियामा कोरोना संक्रमण उच्चतम विन्दुमा पुगेको राष्ट्रपति पुटिनको घोषणा


१४ जेष्ठ २०७७, बुधबार
putin

मस्को, १४ जेठ । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा कोरोना भाइरसको संक्रमण उच्चतम विन्दुमा पुगिसकेको मंगलबार घोषणा गरेका छन् ।

राष्ट्रपति पुटिनले विज्ञहरुको भनाईमा रसियामा कोरोना भाइरस संक्रमणले उच्चतम विन्दु पार गरेको बताएको रसियाली रक्षामन्त्री सर्गेइ सोइगुले जानकारी दिएका छन् ।

रसियाली स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार रसियामा कोरोना संक्रमितको संख्या तीन लाख ६२ हजारभन्दा बढी छ भने तीन हजार ८०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या ५७ लाख नाघेको छ भने मृत्यु भएका व्यक्तिहरुको संख्या पनि तीन लाख ५० हजारभन्दा बढी भइसकेको छ । रासस–एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७