राप्रपाद्वारा संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय


१४ जेष्ठ २०७७, बुधबार
raprapa

काठमाडौं, १४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आज (बुधबार) बिहान बसेको राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबारा र प्रकाशचन्द्र लोहनीको बैठकले निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको विधेयकलाई समर्थन गर्ने निर्णय गरेको हो । समर्थनसँगै राप्रपाले विधेयकको पक्षमा मतदान गर्ने भएको छ ।

सरकारले यसअघि निसान छापमा भएको नेपालको नक्सा हटाउँदै लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधनको तयारी गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७