रौतहटका ३५ सहित प्रदेश–२ मा एकै दिन थपिए ४५ कोरोना संक्रमित


१४ जेष्ठ २०७७, बुधबार
korona 1 1 1536x1024 1

काठमाडौं, १४ जेठ । नेपालमा कोरोनाको ‘हटस्पट’ प्रदेश–२ मा आज (बुधबार) फेरि ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितहरूमध्ये रौतहटका मात्रै ३५ जना रहेको पाइएको । त्यस्तै, बाराका ८ जना र सिराहाका दुई जना रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

जसमध्ये ३८ जनाको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो । अन्य सात जनाको हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएको हो । भारतबाट भित्रिनेको संख्या बढेसँगै प्रदेश–२ मा कोरोना संक्रमितको संख्या पनि बढिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७