हेटौंडाकी एक महिलामा कोरोना संक्रमण


१४ जेष्ठ २०७७, बुधबार
korona 1

हेटौंडा, १४ जेठ । हेटौंडामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ । हेटौंडा–१ चौकीटोलकी २५ वर्षीया महिलाको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको वाग्मती प्रदेश समाजिक विकास मत्रालाय कोभिड–१९ का प्रवक्ता पुरुषोत्तम सेढाईले जानकारी दिए ।

उनका अनुसार ती महिलाको हेटौंडास्थित किटजन्य रोग तथा प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।

सङ्क्रमित महिलाको चौकीटोलस्थित घर वरिपरी सिल गर्नुका साथै सम्पर्कमा रहेका व्यक्तिको खोजीकार्य भइरहेको वडा नं १ का वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।

ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचारका लागि भरतपुर पठाइएको बताइएको छ । हेटौँडामा अहिले लकडाउन कडा पारिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७